INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२५ भैँसेपाटीका ४१ वर्षीय रमेश केसीविरूद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले साउन २३ गते उजुरी दिएको छ  ।

पीडित बालिकालाई आरोपितले साउन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तहरूले महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा साउन २३ गते उजुरी दिएका थिए  ।

घटनाका आरोपित फरार रहेको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी असई सरीता भण्डारीले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते पाटन अस्पताल ललितपुरमा गरिएको छ ।

अन्य

भिडियो