३१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फिदिम नपा-७ का ३० वर्षीय साजन लिम्बूलाई प्रहरीले साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १९ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।