INSEC Online

📅 २०८३ जेष्ठ २१

जनकपुर उपमहानगरपािलका वडा नं. १९ को पुनः मतगणना गर्न उच्च अदालतको आदेश

जनकपुर उपमहानगरपालिका–१९ को मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले साउन १७ गते आदेश जारी गरेको छ । उक्त वडामा सङ्घीय समाजवादी फोरमबाट जगदिश यादव वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

स्थानीय चुनावमा वडा नं. १९ मा सङ्घीय समाजवादी फोरमका उम्मेदवार जगदीश यादव ७ सय ८७ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा विजयी भएका थिए । त्यस्तै वडाध्यक्षका अर्का उम्मेदवार तत्कालीन नेकपा एमालेका विनोदकुमार साह ७ सय ८१ मत प्राप्त गरी ६ मतले पराजित भएका थिए ।

६ मतले पराजित तत्कालीन नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार साहले मतगणनाको क्रममा मतगणना अधिकारीहरूले ७ वटा मतपत्र लुकाई जगदिश यादवले जितेको भनी परिणाम घोषणा गरेका थिए ।

आपूmलाई हराएको परिणाम घोषणा गरेको भन्दै उच्च अदालत जनकपुरमा ०७४ असोज ९ गते हुलाक मार्फत पुनः मतगणा गराउन माग गर्दै जिल्ला निर्वाचन कार्यालयविरूद्ध रिट दिएको थियो । रिटमा सुनुवाइ गर्दै साउन १७ गते उच्च अदालतका न्यायाधीश डा.रवि शर्मा अर्यालको एकल इजलासले आउँदो भदौ २६ गते बिहान ११ बजे दुवै पक्षलाई राखी मतगणना दोहो¥याउन जिल्ला निर्वाचन कार्यालय धनुषालाई अदेश दिएको छ ।

साथै दुवै पक्षलाई पूर्व सूचना दिई सूचना पाएको भरपाई मिसिल साथमा राखी मतगणनाको आवश्यक व्यवस्थापन गरी अदालतलाई जानकारी गराउन पनि अदालतले आदेश गरेको हो ।

अदेशमा भनिएको छ–‘मतगणना सम्पन्न भएको मुचुल्कामा भएको सङ्ख्या र परिणाम घोषणा मुचुल्कामा रहेका मत सङ्ख्याहरू फरक–फरक देखिएबाट निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ४४ को उपदफा १ को देहाय (क),(ख) र (ग) बमोजिम मतगणना कानुन बमोजिम गर्नु पर्नेमा सोही बमोजिम उक्त मतगणना कार्य सोही ऐनको दफा ४४ को उपदफा २ बमोजिम बदर भई दोहो¥याई मतगणना गर्न यो आदेश गरिएको छ ।

परिणाम घोषणाकै बेला असन्तुष्ट हुँदै वडाध्यक्षका उम्मेदवार साह मतदान अधिकृतलाई मतगणना दोहो¥याउन माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता गराउन जाँदा दर्ता नगरेपछि २०७४ असोज ९ गते हुलाकमार्फत निवेदक साहले उच्च अदालत जनकपुरमा रिट दर्ता गराएका थिए । पराजित वडाध्यक्ष साहले वडा नं. १९ मा ३२२४ मत खसेकोमा मतगणना अधिकारीहरूले ३२१७ मत मात्र गणना गरेको रिटमा दावी गरेका थिए ।

अन्य

भिडियो