INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले पुस्तक र पोशाक पुर्‍यो, दाताको नजरमा खाद्यन्न र लत्ताकपडा राहत

बर्खाको मौसम सुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो गइरहेका छन् । बाढी पहिरोमा मानवीय र भौतिक क्षति भएका समचार प्रकाशन भइरहेको बेला बालबालिकाहरूका पाठ्यपुस्तक र पोशाक पनि बाढीले बगाएका छन् भने पहिरोले पुरेका छन् ।

ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा आएको भेलले घर, स्वास्थ्य संस्थामात्र पुरेन यहाँका ४० भन्दा बढी बालबालिकाको पाठ्यपुस्तक र पोशाक पनि पुरेको स्थानीयले बताए ।

बुर्तिवाङ बजारमा बाढी पसेपछि आफ्ना अविभावकहरूलाई सरोकारवाला निकायहरूले राहात भन्दै आर्थिक सहयोग गर्ने तर आफ्ना पुस्तकहरू पुरिएकोप्रति कसैले चासो नदेखाएको कक्षा १० मा अध्यायन गरिरहेका हिमाल अर्यालले बताए ।

‘हाम्रो परीक्षा आउने समय भएको छ । यो बिच समयमा पुस्तक पसलमा पुस्तक पाइँदैनन् । हाम्रा ड्रेस, झोला र पुस्तकहरू भेलले पु¥यो अब कसरी पढने ?’ साउन १ गते आएको भेलले बुर्तिवाङका २८ घर पुरेको थियो ।

सोही भेलले घरसँगै पुस्तक र पोशाक पुरिएपछि बुर्तिवाङकै कविता पौवी र किस्मत पौवी पनि विना किताब विद्यालय जानु परेको बताउँछन् । उनीहरूले विद्यालयमा साथीका किताव हरेर पढेपनि घरमा गृहकार्य गर्न समस्या हुने गरेको बताए । दाताहरूले बाढी र पहिरो पीडितका ठूला समस्या देखेपनि आफ्ना समस्या कसैले नदेखेको विद्यार्थीहरूको गुनासो छ ।

ढोरपाटन नगरपालिका भित्रका विद्यालयका स्रोत व्यक्ति हरिचन पाण्डेले तत्कालै समस्या समधान गर्न गा¥हो हुने बताए । ‘विद्यालयका भौतिक संरचनामा क्षति नभएपनि घरघरमा पसेको बाढी र पहिरोले धेरै विद्यार्थीहरूको पाठ्यपुस्तक पुरिएको छ । यो समस्या समाधानको लागि नगरपालिकासँग छलफल गरिहरेका छौँ ।’–पाण्डेले भने–‘सकेसम्म छिटो बालबालिकाको हातहातमा पुस्तक पु¥याउन कोशिस गर्छौँ ।’

नयाँ शैक्षिक सत्र सुरू धेरै समय वितिसेको छ विद्यालय संग सहकार्य गरेर उनिहरूकै माग अनुसारका पुस्तक मगाईएको हुन्छ यहाँका स्टेशनरी सञ्चालक जनक पन्तले भने तत्कालको लागि हामीसंग पुस्तकहरू छैनन् ।

जिल्ला दैविप्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पहिरो पीडित र क्षतिको विवरण सङ्कलन गरेपनि पहिरो प्रभावित बालबालिकको तथ्याङ्क भने कसैले सङ्कलन गरेको पाइँदैन ।

पहिरो र बाढीको कारणले बालबालिकाको क्षेत्रमा प्रतिकूल असर पारेपनि अझसम्म उनीहरूको अध्ययन हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए ।

यस क्षेत्रका पहिरो पीडितलाई हाल जनता माविको आश्रय स्थलमा राखिएको भएपनि उनीहरूको दिर्घकालीन बासस्थानको खोजिगरिरहेको ढोरपाटन नगरपालिका–१ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले बताए ।

अन्य

भिडियो