INSEC Online

📅 २०८३ जेष्ठ २१

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाद्वारा जनप्रतिनिधिहरूलाई राजिनामा दिन धम्की

जिल्लाका सम्पुर्ण जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट जिल्ला जनपरिषद् डडेल्धुराले साउन ११ गते पत्रमार्फत राजिनामा दिन धम्की दिएको छ ।

जिल्ला जनपरिषद् प्रमुख दिपक भण्डारीद्वारा जारी विज्ञप्तिमा स्थानीय तहमा विकासको नाममा जनता ठग्ने प्रवृत्ति बढेको भन्दै सम्पूर्ण जनप्रतिनिधिहरूको राजिनामाको माग गरिएको छ ।

विज्ञप्तिमा जनप्रतिनिधिहरूले नक्कली विकासको किर्ते कागजात मिलाएर करोडौँ रुपियाँ बराबरको भ्रष्टाचार गरेको जनताले प्रमाण दिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

जनपरिषद् प्रमुख भण्डारीले विज्ञप्तिमार्फत आफूहरूको आग्रहलाई बेवास्ता गरिए जनताद्वारा हुने जस्तोसुकै परिस्थितिको सामाना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।

विप्लव निकट जिल्ला जनपरिषदको धम्कीपछि आफूहरुलाई काम गर्न असहज भएको स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन् ।

अन्य

भिडियो