INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फालेलुङ्ग गाउँपालिका-६ का ३३ वर्षीय नातेदारलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको छ । पीडित र आरोपित नाताभित्र पर्ने भएकाले दुवै पक्षको विवरण गोप्य राखिएको र आरोपित विरूद्घ जबरजस्तीकरणी अन्तर्गत मुद्दा दायर गरिने सई खड्काले बताए ।

अन्य

भिडियो