१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१२ का २६ वर्षीय ईन्द्र गुरुङलाई साउन ९ गते वीरेन्द्रनगरबाट गिरफ्तार गरेको छ ।
पीडित पक्षले साउन ९ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर शङ्कर श्रेष्ठले बताए ।
पीडितले दिएको उजुरीमा विवाह गर्ने बहानामा आफ्नै घरमा लगी पीडित बलिकालाई आरोपितले साउन ३ गते बलात्कार गरेको र सो घटनाका विषयमा कसैलाई भने मार्ने धम्की दिएको उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको थियो ।