१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय मामाविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा साउन ८ गते उजुरी दिएका छन् ।
आरोपित बुढाक्षेत्रीले ०७४ फागुन महिना यता विवाह गर्ने प्रलोभनमा पटकपटक तथा असार २२ गते घर नजिकको जङ्गलमा बाख्रा चराइरहेको अवस्थामा बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाका विषयमा कसैलाई भनेमा चन्द्रबहादुरले मार्ने धम्की समेत दिएको पीडितले बताइन् ।
पछिल्लो पटक बलात्कारको घटना भएपछि पीडितको स्वास्थ्य परीक्षण असार २३ गते क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको छ । स्वास्थ्य परीक्षण गर्ने क्रममा पीडितको पेटमा गर्भ रहेको थाहा भएपछि बलात्कार तथा हाडनाताकरणी अन्तर्गत आरोपितलाई थप सजाय हुनुपर्ने पीडित पक्षले माग गरेको छ ।
उजुरी दर्तापछि फरार रहेका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर शङ्कर श्रेष्ठले बताए ।