३० वर्षीया महिलालाई ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३४ वर्षीय टङ्क थापा र ललितपुर महानगरपालिका-१४ सातदोबाटोका २९ वर्षीय सरोज केसीले सामूहिक बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा साउन ७ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ७ गते बिहान पाटन अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपित सरोज केसीलाई साउन ७ गते बिहान गिरफ्तार गरिएपनि अर्का आरोपित टङ्क थापा फरार रहेकोले खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सादोबाटोकी असई सरीता भण्डारीले जानकारी दिइन् ।