१५ वर्षीया बालिकालाई साउन २ गते भरतपुर महानगरपालिका–१ का ३० वर्षीय हरिशरण खत्रीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित आफैँले साउन ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् ।
आरोपित खत्रीलाई मौखिक उजुरीका आधारमा साउन २ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भएको छैन ।