४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–१० का २४ वर्षीय अन्जान राईलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित महिलाले असार ३१ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।