२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बराहताल गाँउपालिका–५ का १८ वर्षीय पुरन बिकविरूद्ध प्रहरीमा साउन १ गते उजुरी दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले असार २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असार ३० गते नै गिरफ्तार गरिएको भएपनि उजुरी भने असार १ गते मात्रै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर श्रेष्ठले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा असार ३० गते गरिएको प्रहरीले जनायो ।