४२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार ३१ गते गोलबजार नपा–११ का २५ वर्षीय सफिक राइन मियालाई आठ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । पीडित महिलालाई आरोपितले ०७४ असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असोज–१ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असोज–१ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई असोज–१ गते गिरप्mतार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित असोज २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।