INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार गरेको आरोपमा पीडितका हजुरबुवाले असार २४ गते दिएको उजुरीपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपित बालकलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असार २५ गते गरिएको छ ।

अन्य

भिडियो