INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्खबाङ्गमा ३ वटा सकेट बम र एउटा बन्दुक फेला

मालिका गाउँपालिका–४ अर्खबाङ्गमा असार २३ गते तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको छ ।

अर्खबाङ्गका दुई फरक स्थानमा बम र बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

खानेपानीको पाइप गाड्ने क्रममा स्थानीय बामदेव अर्यालको खरेनमा ‘कम्ब्याक्ट कपडा’ले बेरेको अवस्थामा तीन थान सकेट बम फेला परेको द्विवेदीले बताए ।

बम फेला परेको १० मिटर तल ओडारमा हर्नेट बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले बम फेला परेपछि अस्थायी प्रहरी पोष्ट अर्खबाङ्गलाई खबर गरेका थिए ।

अर्खबाङ्ग प्रहरी चौकीका असई विष्णुप्रसाद खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले खोजतलास गर्दा बन्दुक पनि फेला पारेको थियो ।

सो बम र बन्दुक द्वन्द्वकालमा गाडेर राखेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बम बिरभद्रजङ्ग गुल्म धागीधुमबाट आएको नेपाली सेनाको टोलीले असार २४ गते बिहान डिस्पोज गरेको मेजर जनमत कार्कीले बताए ।

अन्य

भिडियो