सिमकोट गाउँपालिका, किर्डाक नेपालको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत महिला काल्याण हुम्लाको सहकार्यमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको-३ बरगाउँ गाउँलाई नमूना गाउँ घोषणा गरिएको छ । गाउँमा जनताले आधारभुत सुविधा पाएपछि बरगाउँलाई नमूना गाउँ घोषणा गरिएको हो ।
असार २२ गते भएको नमूना गाउँ घोषणा कार्यक्रममा सो गाउँमा कुनै पनि मानव अधिकार हनन्का घटना, छाउपडी प्रथा, जातीय विभेद गर्न नदिने सिमकोट गाउँपालिका-३ का वडा अध्यक्ष ताक्ला जिक्मेत लामाले प्रतिवद्धता जनाएका छन् ।
बरगाउँमा बहुपति प्रथा न्यूनीकरण, छाउपडीमुक्त र जातीय विभेद हटेपछि गाउँलाई नमूना गाउँ घोषित गरिएको सिमकोट गाउँपालिका-३ का अध्यक्ष ताक्ला जिग्मेत लामाले बताए । अब गाउँबासीलाई घोषित कार्यक्रमलाई दिगोपना दिन अवसर र चुनौती दुवै रहेको उनले बताएका हुन् । बरगाउँ हुम्ला जिल्लाकै नमूना गाउँ घोषित हुनेमा पहिलो गाउँ भएको छ ।
सबै नकरात्मक कामहरू छोड्दै आएकाले बरगाउँलाई नमूना गाउँ घोषणा गर्न सम्भव भएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।
नयाँ संरचना अनुसार देश अगाडि बढिरहेको अवस्थामा सिमकोट गाउँपालिकालाई पनि नयाँनयाँ काम गरेर अगाडि बढाउने अध्यक्ष लामाले प्रतिबद्धता ब्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले नमूना गाउँ घोषणा गरेको कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले पनि बरगाउँ गाउँको यो नमूना कार्य भएको र यसलाई आफ्नो गाउँपालिकामा पनि कुनै पनि कुप्रथाहरूलाई हटाएर नमूना गाउँको अनुशरण गर्ने भनाई राखेका हुन् ।
कुरितीविरूद्ध विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुती समेत गरिएको कार्यक्रममा त्यो सँगै बरगाउँमा घरघरमा खानेपानीका धारा निर्माण, पुर्ण खोप सुनिश्चित भएको, खुला दिसामुक्त गाउँ घोषित, बालमैत्री स्थानीय शासनयुक्त जस्ता कुरा यसअघि नै घोषित भएकोले पनि बरगाउँलाई नमूना गाउँ घोषित गरिएको वडा सचिव धर्मराज रोकायाले जानकारी गराए ।
दलित र लामा सामुदायको बसोबास रहेको बरगाउँमा लैङ्गिक विभेद निक्कै कम भएपनि त्यसको पनि पछिल्लो समयमा अन्त्य भएको छ ।



