INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तारपछि सार्वजनिक

गौरीगङ्गा नपा-११ की २१ वर्षीया माया बिकलाई असार १२ गते सामूहिक बलात्कार पश्चात हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीलाई असार २२ गते पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूलाई असार १५ गते गिरफ्तार गरी गोप्य अनुसन्धान गर्दै आएको प्रहरीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्याङ्क सर्भेक्षणमा करारमा कार्यरत माया बिक असार १२ गते काममा निस्केदेखि तीन दिनपछि असार १५ गते नजिकैको जङ्गलमा शव फेला परेपछि सोही दिन बिकका आफन्तले बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए ।

असार १५ गतेदेखि अनुसन्धानमा रहेको माया बिकसँगै काम गर्ने सहकर्मी गणेश बडुवाल र सुरज चौधरी मुख्य योजनाकार रहेको र बिकका कपडाले हात पछाडी बाँधी मुखमा कपडा कोचेर पाँच जना मिलेर सामूहिक बलात्कार गरी हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए ।

अन्य

भिडियो