INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ४ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारेखमा रहेका १४ वर्षीय बालकलाई जिल्ला अदालतले ४ वर्ष ६ महिना कैदको सजाय सुनाएको छ ।

न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले असार १९ गते आरोपित बालकविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३(३) बमोजिम हुने सजाय र हाडनातासम्बन्धी महलको २(२) बमोजिम कसुर ठहर गर्दै त्यसको आधा सजाय १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका नायबसुब्बा रविन अधिकारीले जानकारी दिए ।

ती बालकलाई बालबालिकासम्बन्धी ऐन २०४८ दफा ५०(२) अनुसार कैद स्थगित हुने र एक वर्षभित्र त्यस्तै घटना दोहोरिएमात्र निजलाई थप सजाय हुने नासु अधिकारीले बताए ।

नाताले दिदी पर्ने पीडित बालिकालाई आरोपित बालकले ०७४ चैत ११ गते बलात्कार गरेको भन्दै जिल्ला अदालतमा उजुरी दर्ता भएको थियो ।

अन्य

भिडियो