पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशील थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा असार १६ गते गरिएको छ ।