INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महाङ्काल गाउँपालिका-५ चन्दनपुर घरभई ललितपुर महानगरपालिका-१५ सातदोवाटो बस्ने ३२ वर्षीय रबी गुरुङविरुद्ध पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा जेठ ३१ गते उजुरी दर्ता गराएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा उजुरी दर्ता गराएको हो ।

घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा जेठ ३१ गते नै गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोकी असई सरीता भण्डारीले बताइन् ।

अन्य

भिडियो