१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्ला लिखु गाउँपालिका-२ घर भई हाल रावाबेंशी गाउँपालिका-६ दुधकोशी हाईड्रोपावरमा कार्यारत ३२ वर्षीय चिनकाजी बर्देवा (दमाई) विरुद्ध पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयमा सई भीम बस्नेतले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा उजुरी दर्ता भएकै दिन गरिएको छ । घटना लगत्तैदेखि आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।