INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा २४ वर्षीया युवतीलाई जेठ २५ गते सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको छ ।

राम्रो कामको प्रलोभनमा भारतको बाटो हुँदै तेश्रो मुलुक दुबई जान भनेर कृष्णनगर सीमा पार गर्दै गरेको अवस्थामा सीमा क्षेत्रमा निगरानी गर्ने संस्था केआई नेपालका कर्मचारीले युवतीलाई बेचबिखन हुन सक्ने शङ्का लागि सोधपुछ गर्दा भारतको बाटो दिल्ली हुँदै दुवई जान थालेको बताए पछि कोसँग जान लागेको भन्दा आफूलाई नाम थाहा नभएको बताएपछि युवतीलाई जानबाट रोकेका थिए ।

इलाका प्रहरी कार्यालय कृष्णनगरलाई जानकारी गराएको र युवतीको बेचविखन हुन सक्ने देखी उद्धार गरेका थिए ।

अन्य

भिडियो