अज्ञात समूहले जेठ १९ गते बिहान आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा पार्किङ गरिराखेको ग १ क ३१८८ नम्बरको एक्जाभेटरमा आगो लगाई क्षति पुर्याएको छ ।

पृथ्वि राजमार्गको किनारमा राति पार्किङ गरेको सो एक्जाभेटरमा आगो लागिरहेको अवस्थामा बिहान १ बजे गस्तीमा हिँडेको प्रहरी टोलीले भेट्टाएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्स्पेक्टर सन्तोष रोकाले बताए ।
आगो कसले र किन लगाएको भन्नेबारेमा केही थाहा नभएको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर रोकाले बताए । एसजी रोडा ढुङ्गा कम्पनीले सञ्चालन गरेको उक्त एक्जाभेटर ग्रामीण सडक निर्माणको लागि प्रयोग गरिँदै आएको थियो ।