INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १६ गते फाल्गुनन्द गाउँपालिका-५ का २४ वर्षीय भीमकुमार नेम्वाङलाई गिरफ्तार गरेको छ ।

पीडितले दिएको उजुरी जेठ १३ गते दर्ता गरी फरार रहेका आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बामदेव गौतमले बताए ।

सोही घटनामा संलग्न भई फरार रहेका अर्का आरोपित फाल्गुनन्द गाउँपालिका-५ का १८ वर्षीय विक्रम चेम्जोङको खोजी कार्य भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितद्वयले जेठ ९ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ११ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो