भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा जेठ १३ गते बिहान ३ बजे अज्ञात समूहले बम विष्फोट गराउँदा निर्माणाधिन भवनमा क्षति भएको छ ।
पुर्व माओवादी जिल्ला सदस्यसमेत रहेका कैलाश सुनारले सञ्चालन गरिरहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बम विष्फोटन हुँदा भवनको पर्खालमा प्वाल परेको छ । अज्ञात समूहले गराएको प्रेसरकुकर बम विष्फोटनबाट भवनको पर्खालमा क्षति भएको पीडित कैलाश सुनारले बताए ।
बम विष्फोटन कार्यमा संलग्न समूहको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।