INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी कार्यालयको क्यान्टिनमा महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा जेठ ११ गते जाजरकोट जिल्लाकी २८ वर्षीया कल्पना सिंह श्रेष्ठको शव फेला परेको छ ।

जेठ १० गते राति करिब १ बजेतिर कल्पनाको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो ।

कल्पना जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार ३४ वर्षीय राजुसिंह ठकुरीकी पत्नी रहेको प्रहरीले जनाएको छ ।

क्यान्टिनमा झुण्डिएको अवस्थामा उनको शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले बताए । मृतक कल्पना जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा काम गर्ने गरेकी थिइन् ।

प्रहरी हवल्दार समेत रहेका पति राजुसिंहले पत्नी कल्पनालाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्ने गरेको आरोप छ । कल्पनाको मृत्यु आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय परिसर भित्रनै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशङ्का उब्जन सक्ने देखिएको छ ।

कल्पनाको शवको पोष्टमार्टम जिल्ला अस्पताल गुलरियामा लगिएको भएपनि काठमाडौँबाट माइती पक्ष नआइसकेको हुनाले पोष्टमार्टम हुन नसकेको एसपी भट्टराईले बताए ।

अन्य

भिडियो