INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा-६ का २६ वर्षीय हरि न्यौपानेलाई जेठ ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जेठ ७ गते उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई निमबहादुर घर्तीमगरले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो