INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षिकाद्वारा विद्यार्थीमाथि कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका-९ ज्यामिरेको ग्रिन भिलेज इङ्लिस स्कूलकी शिक्षिका २४ वर्षीया गीता श्रेष्ठले कक्षा १ का सात वर्षीय मुस्कान वाग्लेलाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

जेठ ४ गते शुक्रबार ‘पिटी’ खेलाउँदा मुस्कानले नसकेपछि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।  कुटपिटबाट बालकको पिठ्यूँमा निलडाम देखिएको छ । पीडित बालकको उपचार स्थानीय स्वास्थ्य संस्थामा भएको अभिभावकले बताए ।

पिटी खेलाउँदा लाइनमा बसेका अन्य आठ जना विद्यार्थीलाई पनि शिक्षिका श्रेष्ठले पिटेको जिल्ला बाल क्लब सञ्जालकी अध्यक्ष सरस्वती बानियाले बताइन् ।

चोट भने मुस्कानलाई मात्र लागेको छ । घटनाबारे विद्यालयका प्रधानाध्यापक रामकुार श्रेष्ठले बालबालिकालाई नपिटेको बताए । उनले आफूले घटना नसुनेको भन्दै घटना भएको भए छानबिन गरेर कारबाही हुने बताए । पीडित पक्षले विद्यालयबाहेक अन्यत्र उजुरी नगरेको जनाएको छ ।

अन्य

भिडियो