INSEC Online

📅 २०८३ जेष्ठ २१

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट

परशुराम नगरपालिका-२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा गृहकार्य नगरेको भन्दै शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् ।

गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत विद्यार्थी राम कामीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेका हुन् ।

जेठ २ गते विद्यालयको गृहकार्य नगरी आएको भन्दै परशुराम नगरपालिका-२ का १२ वर्षीय राम कामीलाई स्केलले हानेर टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगवुडाका इन्स्पेक्टर शैलेन्द्र भट्टले जानकारी दिए ।

टाउकोबाट धेरै रगत बगेकाले विद्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि कामीलाई जोगबुढा अस्पताल पुर्‍याइएको थियो । जोगवुडा अस्पतालमा पनि समान्य उपचारपछि थप उपचारका लागि जेठ ४ गते कामीलाई धनगढी रिफर गरिएको पीडितका बुवा डम्बर बिकले बताए ।

शिक्षक अवस्थीले हातमा हान्न खोज्दा टाउकोमा लागेको बताएपनि थप अनुसन्धान भइरहेको इन्स्पेक्टर भट्टले बताए ।

उचित उपचार खर्च उपलब्ध गराउन र निर्घात कुटपिट गर्ने शिक्षक अवस्थीलाई कानुनी कारबाहीका लागि पीडितका बुवा डम्बर बिकले माग गरेका छन् ।

अन्य

भिडियो