INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको कसुरमा जन्मकैद

२६ वर्षीया रेखा राउतलाई कुटपीट गरी हत्या गरेको कसुरमा जिल्ला अदालत चितवनले जेठ २ गते भारत पूर्वी चम्पारण घर भई मजदुरीको क्रममा भरतपुर महानगरपालिका-३ बेलचोकमा बस्दै आएका ३५ वर्षीय पति पप्पु राउतलाई जन्म कैदको सजाय सुनाएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उक्त साजय सुनाएको हो ।

०७४ जेठ २१ गते राति सुतिरहेको अवस्थामा पत्नी राउतलाई पप्पुले हत्या गरेको भन्दै मृतकका दाइ भदै राउतले जेठ २३ गते चितवन प्रहरीमा उजुरी दिएका थिए ।

पतिको कुटपिटबाट गम्भीर घाइते भएकी रेखालाई सोही रात नारायणी सामुदायिक अस्पताल ल्याइएकामा उपचारको क्रममा निधन भएको थियो । जेठ २३ गते प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो