INSEC Online

📅 २०८३ जेष्ठ २१

नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाईले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा वैशाख ३० गते आगजनी गरेको छ ।

Photo20180514Dhankuta (1)

शैक्षिक सुधारको माग गर्दै नेविसङ्घले वैशाख २१ गते राखेको ११ बुँदे मागको सुनुवाइ क्याम्पस प्रशासनले नगरेकाले क्याम्पस प्रमुख निरञ्जन बस्तीको कार्यकक्ष तथा कुर्सी आगजनी गरिएको नेविसङ्घ क्याम्पस इकाईका सभापति सरोज धमलाले बताए ।

माग सम्बोधनका लागि सात दिनको समय क्याम्पस प्रमुखलाई दिइएपनि माग सम्बोधनमा बेवास्ता कारण आगजनी गर्नु परेको विद्यार्थी सङ्गठनले जनाएको छ ।

Photo20180514Dhankuta (2)

नेविसङ्घले पटकपटक लिखित तथा मौखिक रूपमा क्याम्पसको शैक्षिक स्तर सुधारको लागि अनुरोध गरेको नेविसङ्घका सभापति धमलाले बताए ।

क्याम्पस प्रमुख निरञ्जन वस्तीले विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी जलाएर अराजक गतिविधि गरेको बताए । वस्तीले विद्यार्थीहरूको मागप्रति सुनुवाइ गर्दै पटकपटक वार्ता गर्दै आएको र समाधानको लागि मातृ पार्टीसँग समन्वय भइरहेको जानकारी दिए ।

अन्य

भिडियो