INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा बम विष्फोट

कोहलपुर नपा-१५ हवल्दारपुरस्थित कालिका कन्स्ट्रक्सनको साईट अफिसमा अज्ञात समूहले वैशाख २१ गते राति प्रेसर कुकर बम विष्फोट गराएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले राति साढे १२ बजेको समयमा प्रेसरकुकर बम विष्फोट भएको जानकारी दिए ।

कसले विष्फोट गराएको भन्ने प्रमाण नभेटिएको र कसैले जिम्मा पनि नलिइसकेकाले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

विष्फोटबाट कालोपत्रे उत्पादन गर्ने ‘अस्फाल प्लाण्ट’मा क्षति पुगेको कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर युवराज क्षेत्रीले जानकारी दिए । उनले क्षतिको एकिन विवरण निकाल्न बाँकी रहेको बताए ।

उक्त घटनामा संलग्नता रहेको आरोपमा वैशाख २२ गते मुगु जिल्ला घर भई नेपालगञ्ज बस्दै आएका देवबहादुर रोकायालाई नेपालगन्जको सल्यानीबागबाट प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो