पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक वैशाख २२ गते बिहान बम विष्फोट भएको छ । बम विष्फोटबाट घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रेसर कुकर बम विष्फोट भएको जनाएको हो । बम विष्फोट गराउनेको खोजी कार्य तीव्र पारिएको चितवन प्रहरीले जनाएको छ ।