गोलबजार नपा-७ की २२ वर्षीया प्रभादेवी शर्मा ठाकुरको हत्या गरेको आरोपमा उनका ३० वर्षीय पति कृष्ण शर्मा ठाकुरलाई इलाका प्रहरी कार्यालय गोलबजारले वैशाख १८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई वैशाख १८ गते आरोपितले घरायसी विवादका क्रममा कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पीडित पक्षले जनाएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा वैशाख १९ गते भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।