INSEC Online

📅 २०८३ जेष्ठ २१

तुम्लिङटारस्थित अरुण तेश्रोको कार्यालयमा बम विष्फोट

अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वैशाख १७ गते राति बम विष्फोट गराएको छ ।

Photo20180501Sankhuwasabha (1)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी नपा-९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सोमबार राति करिब १२ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विष्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार विष्फोटबाट कार्यालयको दक्षिणतर्फ क्षति भएको छ ।

‘राति १२ बजे कार्यालयको दक्षिणतर्फबम विष्फोट हुँदा पर्खालमा क्षति भए पनि अन्य क्षति भएको छैन ।’- जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेदप्रसाद गौतमले भने ।

विष्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जिम्मा कसैले लिएको छैन । यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल पुखुवामा दुई पटक बम विष्फोट भइसकेको छ । दुवै घटनाको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको थियो ।

अन्य

भिडियो