INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमताभन्दा चौब्बर भन्दा बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार शाखा रसुवामा क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ‘ङ’ श्रेणीको २५ जना कैदीबन्दीको क्षमता रहेको रसुवा कारागारमा अहिले १ सय १२ जना कैदीबन्दी रहेका छन् ।

जसमध्ये कैद तोकिएका ८५ जना र कैद नतोकिएका तीन महिलासहित २७ जना छन् । भवन अभावले जस्ताको छाप्राले बनाएको कोठामा कोचिएर बन्दीहरू राख्नु पर्ने र पर्याप्त भौतिक संरचना अभावले समस्या रहेको जेलर विष्णु रिमालले बताए । विगतमा महिला बन्दी नरहेको यो कारागारमा यस वर्षतीन जना महिला बन्दी रहेका उनले बताए ।

क्षमता भन्दा बढी कैदीबन्दी रहेकाले स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको बन्दीहरू बताउँछन् । कारागारमा एउटा शौचालय महिलाका लागि छ भने तीन ओटा शौचालय पुरूष कैदीबन्दीका लागि छन् ।

अन्य

भिडियो