INSEC Online

📅 २०८३ जेष्ठ २१

कोदालो प्रहार गरी पत्नीको हत्या प्रयास

सखुवानन्कारकट्टी गाउँपालिका-४ की २५ वर्षीया आशादेवी साहलाई ५० वर्षीय पति रामप्रसाद साहले वैशाख १४ गते कोदालो प्रहार गरी हत्या प्रयास गरेको पीडित पक्षले जनाएको छ ।

पीडित महिला घाइते अवस्थामा छटपटाई रहेको स्थानीयहरूले देखेपछि दिउँसो प्रहरीलाई खबर गरेको र पीडित महिलाको उद्धार गरी लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचारका लागि प्रहरीले भर्ना गराएको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर रामबहादुर ढकालले बताए ।

घाइते महिलाको शरीरभरी कोदालोले काटेका घाउहरू भएको र लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पतालमा लगेको इन्स्पेक्टर ढकालले बताए ।

घरायसी विवादमा महिलाका पतिले कोदालो प्रहार गरी पत्नीको हत्या प्रयास गरेर बच्चाहरूलाई साथैमा लिएर फरार रहेकाले आरोपितको खोजतलास भइरहेको इन्स्पेक्टर ढकालले बताए ।

अन्य

भिडियो