INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकमाथि कुटपिट, आरोपितलाई कारबाहीको माग

शिक्षकलाई गाली बेइज्जती गर्दै कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग नेपाल शिक्षक महासङ्घ भोजपुरले गरेको छ । शिक्षक महासङ्घ भोजपुरले वैशाख ११ विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग शिक्षक कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग राखेको हो ।

पौवादुङ्मा गाउँपालिका च्याङ्गे्रस्थित पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार राईलाई वैशाख १० गते भोजपुर नपा-७ का स्थानीय धातु व्यवसायी बद्रकिुमार श्रेष्ठले पसलमा बोलाएर गाली बेइज्जती गर्दै कुटपिट गरेका थिए ।

वैशाख १४ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षाको लागि केन्द्राध्यक्ष तोकिएका राईलाई ज्यान मार्ने उद्देश्यले नियोजित ढङ्गबाट साङ्घातिक आक्रमण भएको भन्दै आरोपितलाई कानुनी कारबाहीको माग गरिएको छ ।

नेपाल शिक्षक महासङ्घका भोजपुरका अध्यक्ष तीर्थकुमार राई र सचिव हरिप्रसाद गौतमको हस्ताक्षरित विज्ञप्तिमा विद्यालयको जिम्मेवार प्रधानाध्यापकमाथि दिनदहाडै ज्यान मार्ने उद्देश्यले नियोजित रूपमा घटना गराउने दोषी बद्रीकुमार श्रेष्ठ र उनका भाइ राजकुमार श्रेष्ठलाई तत्काल कानुनी कारबाही गर्न माग प्रहरी प्रशासनसँग गरेको छ । यदि कारबाही नगरिएमा नेपाल शिक्षक महासङ्घ भोजपुर कडा आन्दोलनमा उत्रने विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो