INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ३१ गते नेपालञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले इन्सेकले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जित गर्दै  आएको बताउदै पछिल्लो समय आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकता दिँदै आएको बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका घटनाहरूको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत तथ्याङ्कमा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका नौ ओटा, महिला बलात्कारका दुई ओटा, परिवारजनबाट हत्या दुई ओटा , घरेलु हिंसाका  ६० ओटा , स्वास्थ्यकर्मी माथि दुर्व्यवहार दुई ओटा गरी ७५ ओटा घटना रहेका थिए ।

कार्यक्रममा मानव अधिकार आयोग नेपालञ्जका प्रमुख झङ्करबहादुर रावलले मानव अधिकार उल्लङघन र ज्यादतीका घटनाहरूलाई पुनरपुष्टि गर्नको लागि समीक्षा हुन आवश्यक रहेको बताउनु भयो ।

photo2021071501banke

सहायक प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले इन्सेकले मानव अधिकारका विषयहरू अभिलेखिकरण गरि प्रकाशन गर्ने भएकाले कतिपय कुराहरूमा राज्यलाई सचेत गराएको बताउनु भयो । उहाँले कोभिडको कारणले गर्दा नागरिकहरू स्वास्थ्य अधिकारबाट वञ्चित भएको बताउदै कोभिड रोकथाम र कोभिडले निम्ताएका समस्या समाधानको पहल गरीरहेको बताउनु भयो ।

जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता निशाकुसुम पौडेलले मानव अधिकार वर्ष पुस्तकमा वैवाहिक बलात्कारको घटनाहरूलाई पनि शिर्षक छुट्याएर राख्नु पर्ने बताउनु भयो ।

उच्च अदालत बार एसोशिएशन नेपालगञ्जका सचिव पदम पाण्डेले इन्सेकले गर्दै आएका अभिलेखिकरणको दस्ताबेज राज्यका कुनै पनि निकायले गर्न नसकेको बताउदै यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो  ।

अधिकारकर्मी प्रभातकुमार ठकुरीले कोभिड सङ्क्रमितहरूले अस्पतालमा अक्सिजन नपाएर मृत्यु भएको घटनाहरूलाई पनि वर्ष पुस्तकमा समेट्न आवश्यक रहेको बताउनु भयो ।

उपभोक्ता हित सङरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम र फियानका सुरेश गौतमले उपभोक्ता अधिकारको विषयलाई पनि समेटनु पर्ने बताउनु भयो ।

अन्य

भिडियो