‘हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐकयवद्धता’ भन्ने मुल नाराका साथ कैलालीमा ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान डिसेम्बर १० तारिख तथा मङ्सिर २५ गते बिभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
इन्सेक, राष्ट्रिय मानव अधिकार आायोगलगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्था र स्थानीय सरकारको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिभिन्न कार्याक्रम गरी समापन गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले सरकार र संघसंस्थाहरु एकआपसमा सहकार्य गरी बिभिन्न चेतनामूलक कार्यक्रम गरेर लैङ्गिक हिंसा अन्त्य गर्नका लागि महिलाहरुलाई आर्थिक उपार्जन गर्न प्रोत्साहित गरी महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाएर लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउँदै १६ दिने अभियान अनौपचारिक रुपमा समापन भए पनि लैङ्गिक हिंसा अन्त्यका लागि निरन्तरुपमा हातेमालो गर्दै जाने प्रतिवद्धता जाहेर गर्नु भयो ।

यसैगरी घोडाघेडी नगरपालिकामा र्याली र बाल अधिकार चेतना समूहले बाल विवाह, दाइजोप्रथा र घरेलु हिंसा विरुद्ध जनचेतनामूलक सडक नाटक प्रर्दशन गरी समापन गरिएको मानव अधिकार समूहकी अधयक्ष आशा परियारले बताउनु भयो ।
कैलारी गाँउपालिकामा ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन समारोहमा समन्वय र सहकार्य गर्ने सबै संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीलाई प्रसांसा—पत्र पदान गरी सम्मान गरिएको मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले बताउनु भयो ।

