INSEC Online

📅 २०८३ जेष्ठ २१

३१ औं अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन

“सभ्य समाजको पहिचान, लैङ्गिक विरूद्धको अभियान” नाराका साथ ३१औं अन्तर्राष्ट्रिय १६ दिने लैंङ्गिक हिंसा विरूद्धको अभियान २०२२ को मङ्सिर २४ गते समापन भएको छ ।

जिल्ला समन्वय समिती आयोजना तथा इन्सेक लगायतका सङ्घ संस्थाहरूको समन्वयमा आयोजित कार्यक्रममा लैंङ्गिक हिंसाको अवस्थाका बारेमा  गैर सरकारी महासंघका जिल्ला अध्यक्ष प्रविणकुमार श्रीवास्तवले प्रस्तुत गर्नु भएको थियो ।

दलित सामाजिक बिकास केन्द्रका रामशरण रैदासले लैंङ्गिक हिंसा सम्बन्धि कपिलवस्तु नगरपालिकामा गरिएका चारवटा सर्वेक्षण अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत प्रतिवेदन माथि सहभागिहरूले किशोरी सहभागिहरूले भारतमा लगेर बाल विवाह गरेमा कानुनी प्रक्रियाका जिज्ञासा राखेका थिए ।

प्रमुख जिल्ला अधिकार धर्मेन्द्र कुमार मिश्रले बाल बिवाह चुनौतिकोरुपमा रहेको बताउदै लैंङ्गिक हिंसा सर्वेक्षणका तथ्याङ्कमा के कारणले घटना भएको भन्ने कुरालाई पनि समेटनु पर्ने बताउनु भयो ।

लैंगिंक हिंसा पीडितहरुलाई बिभिन्न संघ संस्थाहरुले परामर्श गर्न आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो ।

बाणगंगा नगरपालिकाका उप प्रमुख रिताकुमारी थारुले नगरपालिकाले १६ दिन सम्म बिभिन्न जनचेतना मूलक अभियान , कानुन सम्बन्धि तालिम , प्रथम नगर स्तरिय खुला महिला ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिएको बताउनु भयो ।

कार्यक्रममा लैंगिक हिंसाको क्षेत्रमा काम गर्दै आएका इन्सेक, युएनएफपीए, युएमएन, ओरेक नेपाल, माहुरी होम, साथी, किर्डार्क नेपाल, कालिका, दलित सामाजिक बिकास केन्द्र, दलित महिला संघ , आईएनएफ , इन्द्रेणी , गैसस महा संघलगायतका सङ्घ संस्थालाइ सम्मान गरिएको थियो ।

photo2022121201kapilvastu

अन्य

भिडियो