
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा सिराहाको लहानमा मङ्सिर ११ गते र्याली तथा सडक नाटक गरी समपन्न भएको छ ।
लहान नगरपालिकाको आयोजना र इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, इलाका प्रहरी कार्यालय लहान, जीवन ज्योति समाज, साथ साथ सिकाइ संजाल र मेची महाकाली बुहारी संयुक्त आवाजको समन्वयमा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा लहान नगरपालिकाका उप प्रमुख रामचलितर महतो, महिला शाखाकी अन्जना साह, इन्सेक प्रतिनिधी दुर्गा परियार, ओरेककी संयोजक अनिता चौधरी लगायतले आआफ्नो धारणा राखेका थिए ।
