INSEC Online

📅 २०८३ जेष्ठ २१

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम

Photo 20250309 Dhanusha (1)

११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ धनुषा र महोत्तरीमा कृयाशिल विभिन्न संघ संस्थाहरूको समन्वयमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिरहा नगरपालिकाको आयोजना र इन्सेक, मुक्ति नेपाल, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, समग्र जन उत्थान केन्द्र, दलित जनकल्याण यूवा क्लव, प्रदेश यूवा सञ्जाल लगायतका संघ संस्थाहरूको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo 20250310 Siraha (3)

कार्यक्रममा सिरहा नगरपालिकाका प्रमुख डाक्टर नविनकुमार यादवले सरकारले श्रमको मापदण्ड, नीति र नियम बनाए तापनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकदा श्रमिक महिलाले समान कामको समान मुल्य नपाएको बताउनु भयो । महिलाहरूलाई व्यवसायिक बन्न र सामूहिक रुपमा खेती, उद्योग कलकारखाना सञ्चालन गर्न समूह बनाएर आए पालिकाले आर्थिक सहयोग देखि बजारीकरणसम्मको सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख डाक्टर यादवले गर्नु भयो । त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले पालिकाले श्रमिकहरूको हक हितमा काम गर्न तयार रहेको बताउनु भयो ।

Photo 20250310 Siraha (4)

मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले अधिकार प्राप्त गर्न महिलाहरूले आन्दोलन गर्नु पर्ने बताउनु भयो । श्रमिक महिलाको बीमा, सुरक्षा, सञ्चयकोषको व्यवस्था नभएकोले राज्य र स्थानीय सरकारले यस विषयमा नीति बनाउनु पर्नेमा अध्यक्ष महराले जोड दिनु भयो । साथै कार्यक्रममा महिला तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूलाई नगर प्रमुखले सम्मान गर्नु भयो ।

Photo 20250310 Siraha (1)

इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार उक्त दिवसको अवसरमा २०८१ फागुन २४ गते बिहान जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रभातफेरी कार्यक्रम शुरु भई भानु चोक, शिव चोक जनक चोक हुँदै मसला कटेजमा अन्रक्रिया कार्यक्रम गरी सम्पन्न गरिएको हो । यादवले नेपालको संविधानले महिलालाई अधिकार दिए तापनि महिलाहरू अझ पनि समान कामको समान ज्याला पाउन नसकेको अवस्था रहेको बताउनुभयो ।

कार्यक्रमा अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले नेपालको संविधानले धर्म, संस्कृति, प्रथा, परम्परा, प्रचलन वा अन्य आधारमा हुने विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएकोले महिलालाई शिक्षित र आत्मनिर्भर बनाउन एवं उचित सम्मान गर्नुपर्नेमा जोड दिनु भयो ।

Photo 20250309 Dhanusha (2)

इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माका अनुसार ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरि कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला सचेतना केन्द्र, महिला मानवअधिकार रक्षक सञ्जाल, महिला सचेतना समूह, नेपाल अपाङ्ग संघ महोत्तरी, ओरेकलगायत संघ संस्थाहरूको संयुकत आयोजना गरिएको हो । उक्त कार्यक्रमक श्रमिक महिला कुमारी पासवानको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपाने रहेका थिए ।

Photo 20250309 Mahottari (1)

त्यसैगरी, कार्यक्रमको विशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जयसवाल र पत्रकार महासंघका अध्यक्ष महेस दास रहेका थिए ।

कार्याक्रममा डिएसपी जयस्वालले महिला हिंसाको घटनामा धेरै जसो अशिक्षित महिलाहरू सिकार हुने गरेकोले यसलाई न्यूनिकरण गर्न महिलाहरूमा शिक्षा अपरिहार्य रहेको बताउनु भयो । यसैगरी, सहायक सिडिओ न्योपानेले महिलामाथि हुने हिंसा र विभेद तथा असमानताको रोक थाम तथा न्यूनिकरणका लागि हामी सबैले आआफ्नो घरबाट संस्कार बनाउनु पर्छ बताउनु भयो । साथै, महिलाहरूको हित र अधिकारको सवालमा मार्च आठ मा मात्र सिमित नगरी सधै यस कुरामा मनन गर्नु पर्नेमा जोड दिनु भयो ।

पत्रकार महासंघका अध्यक्ष महेश दासले महिला सशक्तिकरणका लागि ०८४ को चुनावमा वडादेखि पालिका तथा संघसम्म नै महिला महिलाको नेतृत्व अघि बढाउने खालको वातावरणमा बनाउन सके मात्र महिलाविरुद्धको विभेद अन्त्य हुने बताउनु भयो ।

उक्त कार्यक्रममा गैर सरकारी संस्थामा काम गर्ने मानव अधिकारकर्मी, नेपाल प्रहरी, महिला संगठनहरूको सहभागी रहेको थियो ।

Photo 20250309 Mahottari (2)

इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार चन्द्रपुर नगरपालिकाको आयोजना र इन्सेक, आरडिसि, छाँया नेपाल, सेतो गुराँस, छोरी संस्था, सामुदायिक वन जिल्ला महासंघ, ISLAMIC RELIEF CANADA लगायतका संघ संस्थाहरूको सहकार्यमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समानता र महिला सशक्तिकरणका लागि प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo 20250311 Rautahat (1)

Photo 20250311 Rautahat (2)

अन्य

भिडियो