INSEC Online

📅 २०८३ जेष्ठ २१

११५ औँ श्रमिक महिला दिवसको सन्दर्भमा सचेतनामूलक तालिम शुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ११५ औँ श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक हिंसा, घरेलु हिंसा, बोक्सी प्रथा, बहुविवाह, दाइजो प्रथा, न्यूनीकरणको लागि सचेतना मूलक तालिम जानकी गाउँपालिकाको सभा हलमा ०८१ फागुन २४ गते शुरु भएको छ ।

Photo09032025Banke1

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा, जानकी गाउँपालिकाको सहकार्यमा तथा डिसिएको आर्थिक सहयोगमा ११५ औँ श्रमिक महिला दिवसको सन्दर्भमा सचेतनामूलक तीन दिने लैङ्गिक हिंसा, घरेलु हिंसा, बोक्सी प्रथा, बहुविवाह, दाइजो प्रथा, न्यूनीकरणको लागि सचेतना मूलक तालिम शुरु भएको हो ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा र अतिथि प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकको उपस्थितिमा तालिमको उद्घाटन सत्र शुरुवात भएको थियो । समुदायका अगुवा महिला पुरुषहरूलाई तालिममा सहभागी गराइ समाजमा रहेको अन्धविश्वास तथा कानुनी व्यवस्था बारे जानकारी गराइ समाजमा विकृत तथा विसङ्गति न्यूनीकरण गराउनु नै तालिमको उद्देश्य रहेको अध्यक्ष खाँले बताउनु भयो ।

तीन दिने तालिममा अझै समाजमा घरेलु हिंसा, बहुविवाह, दाइजो प्रथा नहटेकोले कानुनी प्रावधान के के रहेको र त्यसलाई रोक्नका लागि आवश्यक भएकाले तालिमको आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत विकले बताउनु भयो । उक्त तालिमको सहजीकरण अधिवक्ता हरि बहादुर श्रेष्ठ गर्नुभएको थियो ।

Photo09032025Banke

अन्य

भिडियो