INSEC Online

📅 २०८३ जेष्ठ २१

११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र्‍याली तथा सम्मान कार्यक्रम

Photo 20240309 Lahan

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सिरहाकाे लहानमा र्‍याली तथा सम्मान कार्यक्रम गरी ०८० फागुन २५ गते समपन्न भएको छ ।

लहान नगर पालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनर्स्थापना केन्द्र, सहयोगी हातहरु, प्रदेश युवा सञ्जाल, जीवन ज्योती समाज, साथसाथ सिकाई सञ्जाल लगायत संघसंस्थाहरुको समन्वयमा सिरहाको लहानमा र्‍याली तथा सम्मान कार्यक्रम भएको हो ।

“महिलामा लगानी सभ्य सम्मुनत समाजको थालनी” भन्ने मुल नाराको साथ शुरु भएको दिवसको सम्मान कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुुख रामचलितर महतोले श्रमिक महिलाहरुको अवस्थामा पहिलेका भन्दा धेरै सुधार भएको बताउनु भयो । अहिले महिलाहरुले सबै क्षेत्रमा अवसर पाउनु भएको बताउनु भयो । आरक्षणले गर्दा महिलाहरुले लोक सेवा, राजनीति, श्रमको क्षेत्रमा अवसर पाउनु भएको बताउनु भयो । अहिले महिलाहरुको लागि धेरै कानुन बनेको र ज्यालामा समानता भएको बताउनु भयो ।

लहान नगरपालिकाले हिंसा प्रभावित महिलाहरुले नगरपालिकाबाट बिउ पुजि लिएर श्रम गरी आफनो जीवन यापन गरेका पाँच जना श्रमिक महिलाहरु अप्साना खातुन, ललिता मंडल, प्रमिला देवी महतो, आरती मरिक र कंचन कुमारी साहलाई दोसल्ला ओढाई नगर उप प्रमुखले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी, संघसंस्थाका अधिकारकर्मीहरु, संचारकर्मीहरु, कर्मचारीहरु लगायत महिलाहरुको सहभागिता रहेको थियो ।

 Photo 20240310 Lahan 3 Photo 20240310 Lahan 2

अन्य

भिडियो