इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी अछाम, कैलाली, कञ्चनपुर, दार्चुला, बझाङ र डडेल्धुरामा फागुन २४ गते सम्पन्न गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा हस्ताक्षर सङ्कलन, अन्तरक्रिया र र्यालीको आयोजना गरी सम्पन्न गरेको जनाएका छन् ।
इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा फागुन २४ गते जिल्ला सदरमुकाम, डडेल्धुरामा आयोजना गरिएको अन्तिरक्रिया कार्यक्रमका महिला अधिकारको ग्यारेन्टी गर्नका लागि नेपालको संविधानमा पुरुष सरह महिलाहरुका अधिकारको व्यवस्था गरिएको भएपनि व्यवहारतह महिलाहरुले अवसर प्राप्त गर्न नसकेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल, डडेल्धुराका अध्यक्ष सोनी भण्डारीले मिहिला हिंसा अन्त्यका लागि भएका कानुनहरुको प्रभावकारी कार्यान्यवनसँगै सचेतना कार्यक्रममा जोड दिन आवश्यक भएको बताउनु भयो ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार इन्सेक र मंगलसेन नगरपालिकाको संयुक्त आयोजनामा “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ हस्ताक्षर तथा अन्तरक्रिया कार्यक्रमो आयोजना गरी १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।
इन्सेक र मानव अधिकार रक्षक सञ्जाल, अछामको सयुक्त आयोजनामा लैङ्गिक हिंसा अन्त्य गर, पीडितको न्यायमा पहुँच सुनिश्चित गर भन्ने नारा लेखिएको व्यानरमा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
महिला विरुद्धका सबै प्रकारका हिंसामा पुरुषवादी समाज नै कारक रहेकोले यसको अन्त्यमा घर परिवार, समाज, राज्यका अङ्गले सकारात्मक भूमिका खेल्नु पर्ने र महिलाका पक्षमा रहेका कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने नगरप्रमुख बोहराले बताउनु भयो ।


इन्सेक बझाङ प्रतिनिधि रमेश केसीका अनुसार इन्सेक, सि.आइ.एस.यु ,मानव अधिकार र डीसिएको सयुक्त आयोजनामा “महिलाको सुरक्षा , सम्मान र रोजगार समृद्घ नेपालको आधार” भन्ने मुल नाराका साथ १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस विभिद कार्यक्रम गरेर मनाएको छ । जिल्ला भरीका महिलाहरु सदरमुकाम चैनपुरमा भेलाभएर सदरमुकाम चैनपुरमा बाजागाजाका साथ प्रभात फेरि कार्यक्रम गरी खुलामञ्चमा औपचारीक कार्यक्रममा परिणत भएको थियो । जयपृथ्वी नगरपालिका उपमेयर जुना जाग्रीले स्थानीय तहमा महिलाका समस्यालाई सम्बोधन गर्ने गरी न्यायीक समिति निर्माण भएको बताउँदै महिलाहरुका हकहितका लागि आफू क्रियाशिल रहेको बताउनु भयो ।
जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्रबहादुर खडकाले स्थानीय तहमा पनि महिला जनप्रतिनिधिहरुको सहभागिता अनिवार्य भएकाले महिलाहरुका धेरै समस्याहरु स्थानीय तहबाट समाधान गर्नको लागि ध्यान केन्द्रित गर्नु भएको थियो ।


इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार महाकाली नगरपालिकाको आयोजना तथा इन्सेक, सामुदायिक ग्रामीण विकास समाज नेपाल लगायतका संघसंस्थाहरुको सयुक्त आयोजनामा १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरेर मनाइएको छ ।
महाकाली नगरपालिकाको कार्यालयबाट सुरु भएको प्रभातफेरि र्याली छन्ना तिंकरी कन्या माविको प्राङ्गणमा सभाका परिणत भएको कार्यक्रममा महाकाली नगरपालिका उपप्रमुख सुना बोहराले महिला अधिकारको लागि राज्यले थुपै्र कानुन बनाए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
अधिकारकर्मी हिरा अवस्थीले महिलाको लागि थुप्रै ऐन कानुन आए पनि प्रभावकारी कार्यान्वयन नहुँदा महिला पीडित भइरहेको उल्लेख गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘महिलामाथि हुने विभेद रोकिएका छैनन् । महिलाको मुद्धा आउने वित्तिकै राजनीतिक दबावका कारण महिला पीडित नै हुने अवस्था अझै विद्यमान छ ।’


इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरको आयोजना तथा सिसु र डिसिएको सहयोगमा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ महेन्द्रनगरमा फागुन २३ गते हस्ताक्षर सङ्लन कार्यक्रम सम्पन्न भएको छ ।
भीमदत्त नगरपालिकाबाट सुरु भएको र्याली शहिद चोकमा भेला भएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि हस्ताक्षर सङ्कलन कार्यक्रम सुरु भएको थियो । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गर्दै महिला विरूद्ध हुने हिंसा न्यूनिकरणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
जिल्ला समन्वय समिति, कञ्चनपुरका उपप्रमुख सानु बुुडथापा, भीमदत्त नगरपालिकाका उपप्रमुख शुशीला चन्द, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रशाद चर्दुबेदी लगायत सरोकारवालाहरुले व्यानरमा हस्ताक्षर गर्नु भएको थियो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार डिसिए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस गौरीगंगा नगरपालिकामा फागुन २४ गते सम्पन्न भएको छ ।
कार्यक्रममा गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले गौरीगंगा नगरपालिकालाई लैङ्गिक हिंसा मुक्त बनाउन महिला शसक्तिकरणका अभियान, सक्षम छोरी कार्यक्रम र छाउपडी मुक्त पालिका बनाउन बिभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनु भयो ।
“लैङ्गिक हिंस अन्त्य गर, पीडितको न्यायमा पहुँच सुनिश्चित गर”भन्ने मुल नाराका साथ हस्ताक्षर र आत्म रक्षाका लागि डेमो प्रदर्शन गरिएको थियो ।