INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनीकी ३५ वर्षीया गीता कमललाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८३ वैशाख ३१ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ घरभई हाल नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना बस्ने ४४ वर्षीय पति सुशील कुमार कमलले विभिन्न आरोप लगाउदै छोरालाई समेत हेरचाह नगरी झुक्याई मालपोत कार्यालयमा कागज गराई लिएपछि असमान दुषित अंशवण्डाको लिखत बदर गरी पाउँ भनी जिल्ला अदालत बाँकेमा पीडितले मुद्दा दायर गरेकी थिइन् । अदालतको फैसलामा अंश कायम भएपछि पति सुशील कुमार कमलले उच्च अदालत तुल्सीपुर इजलास नेपालगञ्जमा उक्त मुद्दामा प्रतिवाद गरेपछि आर्थिक समस्या उत्पन्न भएको बताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएकाले कानुनी प्रकृयामा जान असहज भएपछि फातिमा फाउण्डेसनको सिफारिसपत्र लिइ सहयोग पाउँ भन्दै ०८३ वैशाख २५ गते पीडितले इन्सेक लुम्बिनी प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो । पीडितलाई फाइल तयारी, अदालत आउँदा जाँदा यातयात खर्च, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो