INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले ०८१ पुस १५ गते २१ वर्षीया महिला यौन दुर्व्यवहार घटनाकी पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ।

पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा जान सहज होस भन्ने उद्देश्यले इन्सेक मधेस प्रदेश कार्यालयले १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडितलाई गौर नगरपालिका-४ टिकुलियाका २२ वर्षीय विकाश कुमार सहनीले प्रेम जालमा पारी ०८० माघ १२ गते मन्दिरमा विवाह गरेका थिए । विवाहपश्चात पीडित र आरोपित एक महिना सँगै बसे पनि फागुन २६ गते पीडितलाई माइती घरमा राखि आफू फरार भएको पीडित पक्षले बताए ।

आरोपित पतिको खोजतलास र नाता प्रमाणित गरी पाउ भनि पीडितले जिल्ला अदालत गौरमा ०८० चैतमा मुद्दा दर्ता गराएको हालसम्म मुद्दा चालु अवस्थामा रहेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र जिल्ला अदालत गौरमा मुद्दा चालु अवस्थामा रहेको हुनाले निजलाई न्यायीक प्रक्रियाको लागि आउ जाउ गर्न गर्न आर्थिक समस्या भएको भन्दै पीडितले इन्सेक रौतहट जिल्ला प्रतिनिधि मार्फत निवेदन दिनु भएको थियो । उक्त निवेदनको आधारमा इन्सेक मधेस प्रदेश कार्यालयले पीडितलाई आर्थिक सहयोग प्रदान गरेको इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेले बताउनु भयो ।

आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चि हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच पुगोस भनि इन्सेकले पीडितलाई आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनुभयो ।

अन्य

भिडियो