अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनोउने(इएलपी)परियोजना अन्तर्गत सन्दकपुर गाउँपालिकामा स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम कात्तिक २८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीले कोभिड–१९ को संक्रमण बढीरहेका बेला सरकारले प्रत्येक स्वास्थ्य केन्द्रमा प्रत्येक नागरिकको पीसीआर टेस्ट गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।
न्यायिक समिति सदस्य हरि लुङ्गेलीले गाउँपालिकामा बनाउने भनिएको १५ शैयाको अस्पताल नबन्दा सर्वसाधारणलाई समस्या भएको बताउनु भयो । उहाँले स्वास्थ्य अधिकारका विषयमा राज्य धेरै गम्भीर हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी तारा न्यौपानेको लकडाउनका समयमा स्वास्थ्य अधिकार जटिल भएपनि सोही अवधिमा मानव अधिकारसँग सम्बन्धी घटना धेरै भएको बताउनु भयो । कार्यक्रमका सहभागी नेत्र पराजुलीले हेल्थपोष्टहरूमा ल्यावको व्यवस्था नहुँदा सर्वसाधारणलाई समस्या परेको बताउनु भयो ।


