INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगर स्तरीय मानव अधिकार समुहद्वारा वडा नम्बर ५ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २२ गते पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीलाई समूहले ५ नम्बर वडामा स्वच्छ खानेपानीको अत्यधिक अभाव भएको र अधिकांश नागरिक खोला, नदीको पानी खानुपर्ने अवस्था भएको भन्दै समस्या समाधानका लागि वडाको ध्यानाकर्षण गराइएको हो । बर्खा सुरुभएसँगै भल आउने हुँदा पानी धमिलो हुने, पानीमा किटाणुका कारणले गर्दा जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकोले यो समस्या समाधान गर्न आवश्यक रहेको समुहले औंल्याएको छ ।

Photo 2025-07-07 Surkhet

विज्ञप्तिमा भनिएको छ–‘ नेपालको संविधानको भाग ३ को मौलिक हक अन्तरगत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था रहेको छ । उक्त हकको (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनि संवैधानिक व्यवस्था गरेको छ । यस ५ नम्बर वडाका तिखाकुना, मुरमुरी लगायतका ठाउँमा स्वच्छ खानेपानीको अत्याधिक अभाव छ । यसले गर्दा स्थानीय बासिन्दाहरुलाई दैनिक जीवनमा  निकै कठिन भइरहेको छ । यस वडाका अधिकाँश जनता खोला नदीको पानी खानुपर्ने अवस्था छ, बर्खा सुरुभएसँगै भल आउने हुदाँ पानी धमिलो हुने,पानीमा किटाणु हुने गर्दा जनताको स्वास्थ्यमा प्रत्यक्ष असार पर्न जान्छ । उक्त समस्या समाधानका लागि ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’

सोही व्यवस्था अनुरुप नागरिकलाई सेवा दिन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । वडामा भएको फोहोर र प्लाष्टिक व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’

वडाअध्यक्ष शाहीले ध्यानाकर्षण पत्र बुझ्दै विगतदेखिको खानेपानी समस्या भएको भन्दै नगरपालिका, प्रदेश सरकारसँग समन्वय गरेर यस समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ध्यानाकर्षण पत्र हस्तान्तरणमा पञ्चपुरी मानव अधिकार समूहका संयाेजक अमरबहादुर कार्की लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

अन्य

भिडियो